Logo

पौडी खेल्ने क्रममा डुबेर तीन युवकको मृत्यु



Spread the love

७ साउन, बाँके । बाँकेमा डुबेर तीन जना युवाको मृत्यु भएको छ । मुस्लिम समुदायको महान पर्व बकरइदका दिन जिल्लाको कोहलपुर– १० मा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगञ्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिभ जसगढ रहेका जिल्ला प्रहरी कार्यालय बाँके जनाएको छ । उनीहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेको थियो ।

रमाइलो गर्न नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा बुधबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुब्दा मृत्यु भएको र दुई युवकलाई प्रहरीले उद्धार गरेर बचाएको बाँके प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा युवा डुबेको खबर पुग्ने वित्तिकै कोहलपुर प्रहरीको टोलीले त्यहाँ पुगेर खोजी गर्दा तीन जना मृत अवस्थामा फेला पारेका थिए । तीनै जनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्