Logo

‘बाबुराम भट्टराईको बुद्धिले नेपाली समाजलाई कहिँ पुर्‍याउदैन’



Spread the love

७ साउन, काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले डा. बाबुराम भट्टराईले गरेको ट्विटको निन्दा गरेका छन् ।

भट्टराईले बुधबार ट्वीरमा बिहारका मुख्यमन्त्री योगीले नदीमा दूध चढाएको फोटो पोस्ट गर्दै विश्वास खतरनाक भएको उल्लेख गरेका थिए।

उक्त ट्वीटपछि भट्टराईलाई भारतीय जनता पार्टी भाजपाका नेतादेखि नेपाली नेताहरूले समेत आलोचना गरिरहेका छन् ।

सोही विषयमा सम्बन्धित भएर रामचन्द्र पाैडेलले लेखेका छन्, ‘हजारौं बर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्था माथि गम्भीर आघात पुर्‍याउने डा. बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्‍याउदैन ।’

प्रतिक्रिया दिनुहोस्