Logo

गगन थापाले गरे आफ्नै पार्टीका प्रधानमन्त्री देउवाले गरेको निर्णयको विरोध



Spread the love

६ साउन, काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले भारतमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्नु कानुन विपरित भएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी भएको उल्लेख गरेका हुन् । उनले सामाजिक सञ्जालमा यदी पूर्वप्रधानमन्त्रीको उपचारका लागि खर्च अभाव भयो भने देश विदेशमा रहेका नेपालीले सहयोग गर्न तयार रहेको तर सरकारले दिन नहुने प्रष्ट पारेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ । उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ । उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै । यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’

उनले यसभन्दा अघि केपी ओली सरकारले सोही निर्णय गर्दा पनि विरोध जनाएका थिए ।

वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले मंगलबार प्रचण्ड निवासबाट नै झलनाथ खनाललाई फोन गर्दै उपचारका क्रममा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्