Logo

नेपालटारमा आगलागी



Spread the love

६ साउन, इलाम । इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

मङ्गलबार साँझ आगलागी भएको हो । विद्युत् सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार घरमा भएका लत्ताकपडा तथा सबै सामान जल्दा रु ४४ लाख ७४ हजार ४०० बराबरको क्षति भएको हो ।

आगो निभाउन स्थानीयवासीले प्रयास गरे पनि नसकिएपछि घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयवासीको भनाइ छ । देउमाई र इलाम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासी आगो निभाउन खटेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्