Logo

एमालेमा जन्मियो अर्को साइबर सेना, के हो यसको काम ?



Spread the love

५ साउन, काठमाडाैँ । नेकपा एमालेमा अर्को साइबर सेना जन्मिएको छ । मंगलबार एमालेको अर्को साइबर संगठन ‘आइटी आर्मी’को औपचारिक कार्यक्रममार्फत घोषणा गरिएको हो ।

‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो । यस संगठनले सूचना प्रविधिलाई उत्पीडित जनताको पक्षमा प्रयोग गर्ने लक्ष राखेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

भक्तपुरको लोकन्थलीस्थित दिव्यश्वरी पार्टी प्यालेसमा आयोजना गरिएको एक कार्यक्रमबाट ‘आइटी आर्मी’ औपचारिक घोषणा भएको हो ।

कार्यक्रममा अतिथिका रूपमा पूर्व मन्त्री प्रभु साह, टोपबहादुर रायमाझी र लेखराज भट्टका साथै एमाले राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेल लगायतका एमाले नेताहरू उपस्थित थिए ।

१५१ सदस्यीय केन्द्रीय कमिटी रहेको आइटी आर्मीका १०१ प्रदेश कमिटीहरू, ५१ जिल्ला कमिटी र ३३ सदस्यीय पालिका कमिटि रहने बताइएको छ ।

आइटी आर्मीका केन्द्रीय संयोजक चन्द भूषण साह हुन् । यो संगठन नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा गठन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्