Logo

आफ्ना पतिको हत्यारासँग बिहे गरेर महिलाले १ वर्षपछि हत्याराकै गरिन् हत्या



Spread the love

५ साउन, एजेन्सी । आफ्ना पतिको हत्यारालाई कानुनले सजाय दिन नसकेपछि पिडीत महिलाले हत्यारासँग नै बिहे गरेर पतिको हत्याको बदला लिएकी छिन् ।

पाकिस्तानकी एक महिलाले निजी रूपमा आफ्ना पतिको हत्यारा पत्ता लगाएकी थिइन् । बिबिसीमा उल्लेख भए अनुसार ती महिला आफैं हत्यारासँग नजिकिइन्, उसको विश्वास जितेर उसँग बिहे गरिन् । अन्ततः १ वर्षको योजनापछि उनले ती हत्याराको हत्या समेत गरिदिइन् ।

ती महिलाका पतिको तीन वर्ष पहिले हत्या भएको थियो । यद्यपी, उनको हत्या वा प्राकृतिक मृत्यु भन्नेबार अझै एक मत भने भइसकेको छैन । उनका पतिलाई उनका साथी गुलिस्तानले विषको सुई दिएर मारिदिए ती महिलाले पत्ता लगाएको बताइएको छ ।

प्रहरीका अनुसार अनुसार ३ वर्ष पहिले त्यस क्षेत्रमा पुलिस थाना पनि थिएन र जमिन शाहको हत्या भएको पुष्टि गर्ने कुनै प्रमाण पनि भेटिएको थिएन ।

प्रहरीका अनुसार अहिले हत्या हुने व्यक्ति गुलिस्तान नामका व्यक्ति हुन् । उनको टाउको र छातीको दाहिने तर्फ गोली लागेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्