Logo

नवनियुक्त अर्थमन्त्री शर्मासँग कलाकारहरूको भेट



२ साउन, काठमाडाैँ । नेपाल चलचित्र कालकार संघका पदाधिकारीहरूले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा संघले सरकारसँग चलचित्रकर्मीका लागि खोप र चलचित्र कलाकार संघको भवन निर्माणका लागि बजेटको माग गरेका छन् ।

बधाई तथा शुभकामना दिने उद्देश्यसहित कलाकारको टोली मन्त्रालय पुगेको थियो । उक्त टोलीले मन्त्री शर्मालाई कला क्षेत्रका विभिन्न पक्षहरूका बारेमा जानकारी समेत गराएको थियो ।

उक्त भेटमा मन्त्री शर्माले कलाकारहरूले उठान गरेको विषयमा सरकारको पक्षबाट सक्दो सहयोग गर्न आफु सकारात्मक रहेको बताएका थिए ।

मन्त्रीसँग भेट गर्न पुगेको कलाकारको टोलीमा अभिनेता भुवन केसी, धिरेन शाक्य, निर्माता कलाकार गोबिन्द शाही, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपध्यक्ष तथा प्रवक्ता मोहन निरौला लगायत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्