Logo

खोप केन्द्रहरूमा लामो लाइन देखेपछि प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन



Spread the love

१ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेर बहादुर देउवाले खोप केन्द्रहरू थप गरेर खोप अभियान थप प्रभावकारी बढाउन निर्देशन दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री देउवाले स्वास्थ्य सचिवलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी खोप केन्द्र थप गरी खोप लगाउने प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

यसबारे जानकारी दिँदै देउवाको फेसबुकमा लेखिएको छ, ‘खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु’

प्रतिक्रिया दिनुहोस्