Logo

कुन हुन् त नेपालका चर्चित सोसल मिडिया



Spread the love

काठमाडौं १५, सल्लेरी खबर । सोसल मिडियाको बढ्दो प्रयोग संगै समाज समाजमा सकारात्मक / नकारात्मक दुवै खाले असर पर्न थालेको छ l विभिन्न विधा र कलाको माध्यम बाट सोसल मिडिया प्रयोग कर्ताहरु लाइ मनोरंजन गराउदै आएका केहि चर्चित नाम हरु स्वयम् उनीहरुकै फलोवर बाट कहिलॆ काही बदनाम हुने गरेका पनि देख्न पाइन्छ l सुरु सुरु मा व्यक्तिगत प्रोफाइल बनाएर आफन्त संग कुरा कानी गर्ने र अनुभब साटा साट गर्ने फेसबुक प्रयोगकर्ता हरु आज भोलि ग्रुप / पेज को माध्यम बाट धेरै भन्दा धेरै जनता लाइ मनोरंजन गराउन तछाड मछाड गर्दै होडबाजी गरिरहेछनl जाहा कसैले सकारात्मक कुरालाइ लिएर अगाडी बढेका छन् त कसैले नकारात्मक तर सबैको उदेश्य एउटै छ , धेरै भन्दा धेरै मनोरंजन……

नेपालि फेसबुक ग्रुपको बाउ भनेर चिनिने लोकप्रिय ग्रुप एम आर आर जसले नेपाल र बिस्व भरि छरिएर रहेका नेपालि युवा ( पुरुस) हरु लाइ आफ्नो जिम्बेवारी बाट पन्छिनु हुदैन सधै डटेर जिम्बेवारी पुरा गर्नु पर्छ , हामि सबै अलग अलग आमा बाट जन्मिएका एउतै दाजु भाइ हौ, हामि बिचमा सधै माया र सदभाब हुनु पर्छ  भन्ने जस्तो नारा र ग्यान लिएर बिगत लामो समय देखि सामाजिक कार्यमा हातेमालो गर्दै छl एम आर आर को लोकप्रियतालाइ देखेर पछि पछि धेरै ग्रुपहरु खोलिदै आएका पनि छन् अनि धेरैले राम्रा काम पनि गरिरहेका छन् l नेपालि यूवाहरु लाइ एम आर आर ले दिएको मार्ग दर्शन भने सधै सहरानिय रहने छ lसाथै एम आर आर ले नेपालि सोसल मिडियामा सबै भन्दा धेरै लेखक (व्यक्तित्व) जन्माएको छ l हर एक अलग अलग विधामा अलग अलग व्यक्ति बाट एम आर आर लाइ योगदान दिने अनि एम आर आर बाटै आफुलाइ धेरै थोरै यूवा माझ चिनाउने सौभाग्य पनि पाएका छन् l समग्र मा भन्नु पर्दा एम आर आर एउटा टर्निङ्ग पोइन्ट नै हो l

ग्रुप को कुरा गरिरहदा हामि ले पेज लाइ छुटाउनु हुदैन , बिगत लामो समय धेखी धेरै भन्दा धेरै मानिस हरुलाई मनोरंजन गराउदै आएको नेपाली एडल्ट जोक अर्थात नाज यो नाम अग्र पंतिमा आउछ हर एक मिनेटमा हजारौ मानिसहरु नाज को post हेरेर आफ्नो दुख भुलाई हासी रहेका हुन्छन l साथै नेपालि सोसल मिडिया मा एकदमै चर्चित अर्को पेज हो रुटिन अफ  नेपाल बन्द , बरु मरेको मान्छे बिउझिन सम्भब होला तर यो पेजको जानकारी गलत हुन सम्भब छैन l हर दम ताजा र साचो जानकारी दिदै नेपालका विभिन्न ठाउका फोटोहरु पोस्ट गर्दै पर्यटक बिकासमा पनि राम्रो टेवा पुर्याएको छlपछिल्लो समयमा आएर ब्यङ्ग विधा छ्हलांग मार्दै अगाडी आइ रहेको गारापारे अनलाइन ले पनि छोटो समय मा धेरै मानिस हरुको ध्यानाकर्षण गराउन सफल भएको छ l

प्रतिक्रिया दिनुहोस्