Logo

ओलीले छोडे बालुवाटार



Spread the love

३० असार, काठमाडाैँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् ।

सर्वोच्च अदालतको परमादेशसँगै प्रधानमन्त्री पदबाट मुक्त भएका ओली बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका हुन् ।

ओलीले सरकारी निवास छोड्दै गर्दा बालुवाटारमा ठूलो संख्यामा कार्यताहरु भेला भएका थिए । उनका कार्यकर्ताले स्कर्टिङ गरेर बालकोटसम्म पुर्याउँदैछन् ।

ओलीको स्वागतमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला भएका छन् ।

सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गर्दै असार २८ गते शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो । देउवाले मंगलबार साँझ पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्