Logo

जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा गयो : प्रधानमन्त्री ओली



Spread the love

२९ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा भएता पनि सर्वोच्च अदालतको परमादेश शेर बहादुर देउवाको पक्षमा गएको बताएका छन् । सरकारबाट बाहिरिँदै गर्दा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा उल्लेख गरेका हुन् ।

सम्बोधनका क्रममा ओलीले भने, ‘मेरो अटल विश्वास जनतामाथि थियो । आज पनि छ र तीनै जनताको विश्वासबाट यो सरकार सम्हाल्ने जिम्मा पाएको थिए । आज जनताको आदेशले हैन सर्वोच्चको परमादेशका कारण मैले सरकारको जिम्मेवारीबाट बिदा लिँदै छु । जनादेश त मेरो पक्षमा थियो । तर, सर्वोच्चको परमादेश देउवाजीको पक्षमा गयो ।’

आँफुलाई सरकारबाट बाहिरिनुपर्दा रत्तिभर पनि चिन्ता नलागेको पनि बताएका छन् ।

‘मलाई सरकारबाट बाहिरिनुपर्दा रत्तिभर पनि चिन्ता छैन । यसकारण चिन्ता छैन की, मैल देश र जनताप्रति सम्पूर्ण निष्ठाका साथ र इमान्दारिताका साथ देशको सम्मृद्धि, विकास र जनतालाई सुशासनलाई ध्यानमा राखेर काम गरेको छु । ‘ ओलीले सम्बोधनका क्रममा भने ।

प्रतिक्रिया दिनुहोस्