Logo

ओली पक्षका कार्यकर्ताहरूले सुरू गरे प्रदर्शन



Spread the love

२८ असार, काठमाडाैँ । सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने फैसला विरूद्ध ओली पक्षका कार्यकर्ताहरूले प्रदर्शन सुरू गरेका छन् ।

काठमाडाैँको माइतीघरमा ओली पक्षका कार्यकर्ताहरूले सर्वोच्च अदालतले फैसला सार्वजनिक गर्ने बित्तिकै प्रदर्शन सुरू गरेका हुन् ।

माइतीघरमा विरोध सभापछि नयाँ बानेश्वरसम्म र्‍याली प्रदर्शन गरिएको छ । सभालाई एमाले नेता एवं युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले सम्बोधन गरेका थिए । उनले देशभरीबाट अदालतको फैसलाविरूद्ध विरोध प्रदर्शन गर्न पनि आह्वान गरेका थिए ।

सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्