Logo

२५ वर्षीया युवती अर्धनग्न अवस्थामा मृत फेला



Spread the love

२८ असार, झापा । झापाको बिर्तामोडमा सोमबार बिहान एक युवती मृत भेटिएकी छन्। उनको शव अर्धनग्न अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।

पूर्व –पश्चिम राजमार्ग छेउमा रहेको सुगम पेट्रोल पम्म उत्तरपट्टि २५ वर्षीया युवती सृजना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए।

उनले भने, ‘घटनाको अनुसन्धान गरिरहेका छौँ । घटना शंकास्पद छ।’ आफन्तको घरमा भाडामा आमासहित बस्दै आएकी सृजना घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी हुन्। उनी बिर्तामोडकै एक सहकारीमा काम गर्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्