Logo

आफ्नो आँखीभाैँ आँफै छेडेकी किशोरीको बेलुनजस्तै फुल्यो अनुहार, एक हप्तामै गयो ज्यान



Spread the love

२७ असार, एजेन्सी । आफ्नो आँखीभाैँ आँफै छेड्दा एक जना किशोरीको मृत्यु भएको छ । घरमा आँखीभाैँ छेड्दा स्कुलमा पढ्ने एक किशोरीको मृत्यु भएको हो ।

यसरी मृत्यु हुनेमा १५ वर्षे इसाबेला इड्वार्डा सुसा रहेकी छिन् । उनी ब्राजिलकी नागरिक हुन् । उनले आफ्नो आँखीभाैँ आँफै छेड्दा घातक संक्रमण भयो र अन्तमा उनको मृत्यु नै हुन पुग्यो ।

आँखीभाैँ छेडेसँगै उनको अनुहार बेलुनजस्तै फुलेको बताइएको छ । त्यसपछि इसाबेलामा निकै डरलाग्दा लक्षण देखिन थाले र अन्तमा उनको मृत्यु भयो ।

उनले साथीको सहयोगमा आँखीभौँ छेडेकी थिइन् । तर, परिवारले भने उनलाई यसका लागि अनुमति दिएका थिएनन् ।

उनको संक्रमण बढ्दै गएपछि उनलाई थप सुविधा सम्पन्न अस्पतालमा भ्यालेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, उनलाई बचाउने प्रयास सफल भने हुन सकेन ।

इसाबेलाले गरेका गल्तीका कारण उनको मृत्यु भएपछि चिकित्सकहरूले यस्ता हर्कत नगर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्