Logo

सिंहदरबार घेर्न गएकाहरु पक्राउ



Spread the love

२७ असार, काठमाडाैँ । विरोध प्रदर्शनका लागि सिंहदरबार अगाडि गएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम राजनीतिकरण तथा भ्रष्टाचार भएको भन्दै विरोध गर्न गएकाहरूलाई प्रहरीले सिंहदरबार गेट अगाडिबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, नारायण वाग्ले, विमल अर्याल, अर्चना थापासहित अन्य अभियन्ताहरू रहेका छन् ।

‘सिंहदरबार मार्च’ अन्तर्गत सिंहदरबारको दक्षिण गेटमा धर्नासहित प्रदर्शनका लागि ‘बृहत नागरिक आन्दोलन’ मा सामेल हुन आइतबार नागरिक अभियन्ताहरू त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्