Logo

अन्तरजातीय विवाह गरेका कारण एक जोडी २१ दिनदेखि जंगलमा, सहयोगको अपील गर्दै भिडियो सार्वजनिक (भिडियो)



Spread the love

२५ असार, कैलाली । अन्तरजातीय विवाह गरेको कारण एक जोडी २१ दिनदेखि जंगलमा बसिरहेको घटना सार्जनिक भएको छ । शुक्रबार ट्वीटरमार्फत कैलालीमा अन्तरजातीय विवाह गरेर समाजको धम्कीका कारण २१ दिनदेखी जंगलमा बसिरहेका जोडीको भिडियो सार्वजनिक भएको हो ।

कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावलको उक्त भिडियो जेबी विश्वकर्माको ट्वीटरबाट सार्वजनिक भएको हो ।

उक्त भिडियोमा प्रकाश र मालतीले नै समाज तथा पारिवारिक धम्कीका कारण जंगलमा बस्न बाध्य भएको बताएका छन् ।

‘हाम्रो घरपरिवारले नमानेका कारण हामीहरु अहिले जंगलमा छौँ । हिले हामीलाई तपाईंहरुको एकदमै साथ र सहयोग चाहिरहेको छ। यो भिडियो हामीले त्यसैले बनाएका हौँ।’ भिडियोमा प्रकाशले भनेका छन् ।

घरको मान्छेले जवरजस्ती विवाह भनेर मुद्धा हालिरहेका छन्, हामीलाई के के भनेर धम्क्याइरहेका छन् । हामीहरु जवरजस्ती विहे गरेर आएका होइनौँ, आफ्नै मनले आएका हौँ । मेरो पेटमा बच्चा छ । हामीहरु एकअर्काबाट टाढा हुन सक्दैनौँ । टाढा हुन चाहेका पनि छैनौँ । प्लिज, हामीलाई सहयोग गरिदिनुहोला ।’ युवतीले भनेकी छन् ।

युवकले विहेलगत्तै युवतीका दाइले रुकुम हत्याकाण्डमा नवराजलाई मारिदिने भन्दै म्यासेज पठाएको पनि भिडियोमा उल्लेख गरेका छन् ।

प्रहरीले उक्त भिडियोका युवकसँग सम्पर्क भएको र प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको बताएको छ । प्रहरीले दुवै पक्षसँग कुरा गरेर अरू प्रक्रिया अगाडी बढाउने बताएको छ ।

यो समाचारसँग सम्बन्धित भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्