Logo

नायिका जेनी कुँवर मृत फेला, शवसँगै भेटियो सुसाइड नोट !



Spread the love

२५ असार, काठमाडौँ । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन् । काठमाडौं थापागाउँस्थित उनी बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राति उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले दिएको जानकारी अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा कुँवरले आत्महत्या गरेको खुलेको छ । उनको शवसँगै सुसाइड नोट पनि भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कुँवरले जिन्दगानी, मैदान, जीवननदाता, कानुन, अभिमन्यु, बिन्तीपत्र, मलाई माफ गरिदेऊलगायतका फिल्ममा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्