Logo

राहत बोकेर सिन्धुपाल्चोक पुगे राजेश हमाल



Spread the love

२२ असार, सिन्धुपाल्चोक । अभिनेता राजेश हमालले बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीमा राहत वितरण गरेका छन् । उनले उक्त स्थानका प्रभावित स्थानीयहरूलाई खानेकुरा, लुगा तथा सोलार प्यानल वितरण गरेका हुन् ।

सिन्धुपाल्चोकमा राहत सामानसहित अभिनेता हमाल हेलिकप्टरमा पुगेका थिए । उनले त्यहाँका कतिपयलाई चार्जर उपकरण समेत सहयोग गरेका छन् ।

उनले बाढी पहिरोले क्षति पुर्‍याएको स्थानको अवलोकन गर्नुका साथै गाउँपालिकामा भएको छलफलमा समेत सहभागिता जनाएका थिए । स्थानीयले राजेश हमाललाई फूल तथा खादा लगाएर स्वागत गरेका थिए ।

असार १ गतेको भीषण बाढीबाट अत्यन्तै प्रभावित भएको सिन्धुपाल्चोकमा यसअघि विभिन्न कलाकार तथा समाजसेवीहरूले समेत राहत वितरण गरिसकेका छन् ।

अझै उक्त स्थानमा राहत सहयोग जाने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्