Logo

मर्स्याङ्दीमा डुब्यो गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल



Spread the love

१८ असार, गोरखा । गोरखा र तनहुँ जोड्ने मर्स्याङ्दी नदीको झोलुङ्गे पुलमा बाढीले क्षति पुर्यायो । नदीमा आएको भीषण बाढीसँगै पानीको बहाव बढेर पुलसम्म पुगेपछि क्षति पुगेको गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

बाढीले झोलुङ्गेको तनहुँतर्फको भाग नदीमा डुबेको तथा पुल बाङ्गिएको उनले जानकारी दिए । पुलमाथि बाढी पुगेपछि बगाएर ढुङगामुढा रोकिँदा मुनिका बस्तीमा बाढीको प्रभाव पर्न सक्ने आकलन गरिएको छ ।

गोरखा नगरपालिका – १४ स्थित गोप्लिङफाँट र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित एक्लेफाँट जोड्ने सो पुलमा बाढीले क्षति पुर्याएपछि आवातजावत बन्द भएको वडाध्यक्ष खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्