Logo

डिभोर्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर एक जनाले जलाए ९ करोडको आफ्नै घर



Spread the love

१८ असार, एजेन्सी । डिभोर्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर एक जनाले आफ्नो करोडौं मूल्यको घरमा आगो लगाएर ध्वस्त पारेका छन् । बेलायतका एक जना ७५ वर्षीय वृद्धले श्रीमतिलाई अंश दिन नपरोस् भनेर ५ लाख ५० हजार पाउन्ड अर्थात् नेपाली ९ करोड रूपैँयाको घर ध्वस्त बनाएका हुन् ।

उनले घरमा आगो लगाएपछि प्रहरी र दमकल विभागलाई फोन समेत गरेनन् । उनले क्षतिपूर्ति दिन्छ भनेर बिमा कम्पनीलाई बिमा शुल्क समेत नबुझाएको पाइएको छ ।

बेलायती अदालतमा भएको सुनुवाइको क्रममा वृद्धले यो घटनाबारे खुलासा गरेका थिए । पुलिस र दमकल विभागले अदालतमा यो घटना जानाजान गराइएको जानकारी दिएका छन् ।

यो घरमा जोन म्याक्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेको बेलायतको सञ्चार माध्यम डेली मेलले लेखेको छ । जोनले धेरै मदिरा पिएर आफ्नै करोडाैको घरमा आगो सल्काएका थिए ।

जोनका छिमेकीहरूका अनुसार जोनले घरमा आगो लगाइसकेपछि कुर्सीमा बसेर घर ध्वस्त भइरहेको दृश्य मदिरा पिउँदै हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्