Logo

काठमाडाैँमा जलाइयो प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला



Spread the love

१७ असार, काठमाडाैँ । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विद्यार्थी संगठनहरु यतिबेला सडक प्रदर्शनमा उत्रिएका छन् । सोही विरोधको क्रममा उनीहरूले बिहीबार प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् ।

बिहीबार काठमाडौँको प्रदर्शनी मार्गमा विद्यार्थीहरुले पुत्ला गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे थियो ।

पुत्ला दहन गर्ने विद्यार्थी संगठनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्