Logo

उपत्यकामा फेरी थपियो निषेधाज्ञा, के गर्न पाइने-के गर्न नपाइने ? (आदेशसहित)



Spread the love

१४ असार, काठमाडाैँ । काठमाडाैँ उपत्यकाको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । सोमबार बिहान बसेको काठमाडाैँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

सोमबारको निर्णय अनुसार अब असार २१ गतेसम्म काठमाडाैँ उपत्यकामा निषेधाज्ञा जारी रहनेछ ।

यस पटक पनि निषषेधाज्ञा केही खुकुलो बनाइएको छ । अब २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारी साधनहरू पनि जोर-बिजोर प्रणालीमा चल्न पाउनेछन् ।

पहिले बिहान ११ बजेसम्म मात्र खोल्न पाइने खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, तरकारी, फलफूल, दूध डेरी पुस्तक पसल अब साँझ ६ बजेसम्म खोल्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्