Logo

मास्क नलगाइ बैंक गएका सरकारी कर्मचारीलाई गार्डले गोली हानिदिए



Spread the love

१३ असार, एजेन्सी । बैंकमा मास्क नलगाउने एक जना व्यक्तिलाई बैंकका गार्डले गोली हानिदिएका छन् । भारतको उत्तर प्रदेशको बरेलीमा मास्क नलाएका कारण बैंकका गार्डले सेवाग्राहीमाथि गोली चलाएका हुन् । गोली लाग्ने व्यक्ति भारतका सरकारी कर्मचारी समेत हुन् ।

रेलीमा रेलवेका कर्मचारी राजेश बिना मास्क बैंक अफ बडौदाको शाखामा गएका थिए । यही कुरामा बैंकका गार्ड र राजेशबीच बहस भयो । बहसका बीच रिसाएका गार्डले राजेशमाथि गोली प्रहार गरेको भारतीय मिडियामा उल्लेख छ ।

भारतीय मिडियाका अनुसार राजेशमाथि गोली चलाउने व्यक्तिको नाम केशव हो । उनले राजेशको खुट्टामा गोली हानेको बताइएको छ । गोलीको आवाजसँगै बैंकमा सेवाग्राहीको भागाभाग भएको थियो ।

गोली चलाउने केशवलाई पुलिसले हत्याको प्रयासको आरोपमा पक्राउ गरेको छ । प्रहरीले सोधपुछ गर्दा केशवले जानीजानी गोली नचलाएको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्