Logo

रूपा सुनारले दिइन् ९ वटा अनलाइनविरूद्ध उजुरी, कुन-कुन परे (सूचिसहित)



Spread the love

१२ असार, काठमाडाैँ । सञ्चारकर्मी रूपा सुनारले विभिन्न ९ अनलाइन मिडियाहरूविरूद्ध उजुरी दिएकी छिन् । आफ्नो चरित्र हत्या गरेको भन्दै रूपाले ९ अनलाइन मिडियाहरूविरूद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी हुन् ।

रूपाले उजुरी दिएका अनलाइनहरू नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकम रहेका छन् । यी मिडियाहरूले अतिरञ्जित हुने गरी समाचार सम्प्रेषण गरेको उल्लेख गर्दै लिखित उजुरी दिएकी हुन् ।

उनले उजुरीमा लेखेकी छिन्, ‘‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ । मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनर्लाइ साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु।’

प्रतिक्रिया दिनुहोस्