Logo

इन्द्रावती नदीले बगायो ३ तल्ले पक्की घर



Spread the love

१२ असार, सिन्धुपाल्चोक । मेलम्चीमा नदीले एउटा घर बगाएको छ । लगातारको वर्षाका कारण इन्द्रावती नदीको वहाब उच्च भएपछि शनिबार बिहानै मेलम्ची नगरपालिका–११ मा रहेको स्थानीयको घर नदीले बगाएको हो ।

घर ढलेता पनि त्यहाँ मानवीय क्षति भने नभएको जानकारी दिइएको छ । घरका मानिसहरू असार १ गतेको बाढीका बेला नै सुरक्षति स्थानमा गएका थिए ।

असार १ गतेको बाढीले सिन्धुपाल्चोकको मेलम्ची तहसनहस पारेको छ । लगातार वर्षा भएसँगै त्यहाँ फेरी ठूलो बाढी आउने जोखिम समेत रहेको छ ।

शनिबार बिहान ढलेको घर स्थानीयबासी गोपाल दुलालको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्