Logo

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने २ जना पक्राउ



Spread the love

८ असार, राैतहट । खसीको मासु भन्दै बाख्राको मासु बेच्नेलाई प्रहरीले पक्राउ गरेको छ । राैतहटमा खसीको मासु भन्दै बाख्राको मासु बेचेको अारोपमा २ जनालाई पक्राउ गरेको हो ।

गौर नगरपालिका वडा नं १ गौर बजारमा बाख्राको मासुलाई खसीको मासु भनि बेचबिखन गर्ने २ जनालाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं ३ बस्ने वर्ष २४ को लाल मोहमम्द र वडा नं १ वस्ने वर्ष ३० का महमम्द नसिव रहेका छन् ।

उनीहरूको साथबाट ३५ किलो बाख्राको मासु बरामद गरिएको छ भने कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्