Logo

हत्यारालाई डरलाग्दो मृत्युदण्ड, चोकमा सुताएर सयाैँ मान्छेको अगाडी घोप्टो पारेर गोली हानियो



Spread the love

५ असार, एजेन्सी । यमनमा तीन जना अपराधीहरूलाई क्रूर तरिकाले मृत्युदण्ड दिइएको छ । बालबच्चाको हत्या गरेका तीन जनालाई यमनको ताहरिर भन्ने ठाउँमा सार्वजनिक रूपमा गोली हानी मृत्युदण्ड दिइएको हो ।

त्यसरी मृत्युदण्ड दिइनेहरूमा ४० वर्षका अलि अल नामि, ३८ वर्षका अब्दुल्लाह अल मखालि र ३३ वर्षका मोहम्मद अर्मान रहेका छन् । उनीहरूलाई ताहरिरको चोकमा ठूलो भीडको अगाडी गोली हानी मृत्युदण्ड दिइएको हो ।

मृत्युदण्ड दिनेहरूले तीन जनालाई नै घोप्टो पारेर ढाडमा एके ४७ नामक गोली प्रहार गरेका थिए । उनीहरू तीनै जनाले जेलमा बस्दा लगाउने लुगा लगाएका थिए ।

गोली हानिसकेपछि ती तीन जनाको शरीर रातो कपडामा पोको पारेर लगिएको थियो ।

यमनको सानामा सन् २०१८ पछि सार्वजनिक रूपमा दिइएको यो नै पहिल मृत्युदण्ड हो । इरान समर्थित विद्रोहीले मृत्यु दण्ड दिइएका तीन जनाको शव क्रेन लगाएर केहीबेर झुण्ड्याएको थियो । यमन सन् २०१४ देखि गृहद्वन्द्वमा फसेको छ ।

उक्त द्वन्द्वका कारण यमनमा १ लाख ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

सार्वजनिक रूपमा मृत्यु दण्ड दिइएकाहरूमध्ये अल नामिले सन् २०१९ मा ३ जना बच्चाको हत्या गरेका थिए । उनले तीन जना बच्चालाई पानी ट्यांकीमा डुबाएर मारेको स्वीकार गरेका थिए ।

त्यसैगरी अल मखलि र अर्मानले बालकलाई बलात्कार पछि हत्या गरेको स्वीकारेका थिए ।

प्रतिक्रिया दिनुहोस्