Logo

सरकारलाई अर्को झट्का, चुरे क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश



Spread the love

४ असार, काठमाडौँ । सर्वोच्च अदालतले चुरे क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

शुक्रबारको संवैधानिक इजलासले गिट्टी बालुवा निकासीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

रिट निवेदनको सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ सम्मिलित इजलास गठन गरेका थिए ।

गत जेठ १५ गतेको बजेट भाषणमा अर्थमन्त्री विष्णु पाैडेलले व्यापार घाटा कम गर्नका लागि ढुंगा, गिट्टी रबालुवा निकासी गर्ने घोषणा गरेका थिए । उक्त घोषणाको चाैतर्फी विरोध भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्