Logo

कोरोना भाइरसको खोप लगाएपछि शरीर चुम्बक बन्छ ? यस्तो भन्छ स्वास्थ्य मन्त्रालय



Spread the love

३१ जेठ, काठमाडाैँ । स्वास्थ्य मन्त्रालयले कोरोना विरूद्धको खोप लगाएका व्यक्तिको शरीरमा चुम्बकीय शक्ति उत्पन्न नहुने स्पष्ट पारेको छ । आइतबार फेसबुक पेजमार्फत मन्त्रायलयले सो कुरा प्रष्ट पारेको हो ।

अहिले भारत लगायत नेपालमा पनि कोरोना भाइरसको खोप लगाएपछि शरीरमा चुम्बकीय शक्ति विकास भएको भन्दै फलामहरू टाँसेर बनाइएका भिडियोहरू सार्वजनिक भइरहेका छन् ।

उक्त कुराको खण्डन गर्दै मन्त्रालयले भनेको छ, ‘ कोभिड-१९ विरूद्धको खोपमा कुनै प्रकारका माइक्रोचिपहरू हुँदैन । त्यसैले त्यस्ता अफवाहहरूको विश्वास नगराैँ । कोभिड-१९ विरूद्धको खोप पुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन ।’

प्रतिक्रिया दिनुहोस्