Logo

उपत्यकामा फेरी थपियो निषेधाज्ञा, यी क्षेत्रहरू भए खुकुलो



Spread the love

३० जेठ, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

आइतबार बसेको काठमाडाैँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यद्यपी, यसअघिको भन्दा निषेधाज्ञामा केही खुकुलो पारिने बताइएको छ ।

अबको निषेधाज्ञामा खाद्यान्न पसल, पुस्तक पसल, कृषि कार्य, हार्डवेयर, भिसा लिनका लागि गरिने यात्रामा केही खुकुलो बनाउने निर्णय भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीहरूको बैठकले गरेको निर्णयको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्