Logo

ड्युटीमा रहेका इन्स्पेक्टरलाई कांग्रेस सांसद धम्की, ‘तिम्रो नाम के हो? हिसाब किताब हुन्छ’ (भिडियो)



Spread the love

३० जेठ, पोखरा । नेपाली कांग्रेसका नेताले ड्युटीमा रहेका प्रहरी इन्स्पेक्टरलाई सार्वजनिक रुपमै धम्की दिएका छन् । गण्डकी प्रदेशमा सरकार पुनर्गठनको बेला सिर्जना भएको परिस्थितिमा कांग्रेसका सांसदले इन्स्पेक्टरलाई धम्की दिएका हुन् ।

नेपाली काँग्रेसका प्रदेशसभा सांसद् खेमलाल श्रेष्ठले प्रहरीको नाम सोधेर नै धम्क्याउँदै पछि हिसाब किताब हुने बताएका छन् ।

उनले प्रहरी इन्स्पेक्टरलाई धम्की दिँदै भने, ‘तिम्रो नाम के हो? हामी हिसाब किताब राख्छौँ, हिसाब किताब हुन्छ ।’

श्रेष्ठले यसरी धम्क्याएपछि इन्स्पेक्टरले जवाफ फर्काउँदै भने, ‘हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्