Logo

इन्डियन आर्मीमा नेपाली महिलाका लागि खुल्यो जागिर, के-के चाहिन्छ योग्यता ?



Spread the love

३० जेठ, काठमाडाैँ । भारतीय (इन्डियन) आर्मीले पहिलो पटक नेपाली महिला भर्ती गर्न लागेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट आवेदन आह्वान गरेको छ ।

भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान । इच्छुक र योग्यता पुगेकाहरूले भारतीय आर्मी वेभसाइटमा गएर निवेदन दिन सक्ने बताएको ।

भारतीय आर्मीले भर्तीका लागि आवेदन दिनेको उमेर १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्ने र शहीद परिवारको हकमा भने ३० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै, अरू योग्यतामा कक्षा १० पास गरेको, प्रत्येक विषयमा ३३ प्रतिशत मार्क्स र जम्मा ४५ प्रतिशत ल्याएको, १६ सय मिटर दौड, ८ मिटर लङजम्प, १० फिट हाइजम्प आवश्यक रहेको उल्लेख गरिएको छ ।

महिलाहरूका लागि अम्बाला, जबलपुर, बेल्गाम, पुने, लखनाउ, शिलोङबाट भर्ना खुल्ने उल्लेख सुचनामा उल्लेख गरिएको छ ।

यस समाचारबारे विस्तृतमा जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्