Logo

देशभर ३७५० जनामा कोरोना संक्रमण, कतिले जिते कोरोना, थप कतिको मृत्यु ?



Spread the love

२८ जेठ, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २७०९ जना र एन्टिजेन विधिबाट १०४१ जनामा संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा ५२२५ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्