Logo

आफ्नै १५ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ



Spread the love

२८ जेठ, भोजपुर । आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले एक वर्ष अगाडिदेखि नै ललाई फकाई डर त्रास समेत देखाई आफ्नै घरमा पटक पटक जबरजस्ती करणी गर्दै आएको तथा बैशाख २२ गते राति घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले ती पुरुषलाई पक्राउ गरेको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्