Logo

उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी, अब कति दिन थपिएला ?



Spread the love

२८ जेठ, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । कोरोना भाइरसको संक्रमण घट्दै गएता पनि जोखिम कायमै रहेकाले थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएको जानकारी अनुसार उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी भइरहेको छ । उनले कोरोना संक्रमणदर घट्नु पर्ने जति नघटेका कारण निषेधाज्ञा थप्नु पर्ने जानकारी दिएका छन् ।

निषेधाज्ञा थपिएता पनि केही खुकुलो पार्ने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको तयारी छ ।

उपत्यकामा पछिल्लो पटक जेठ २१ गते ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्