Logo

सुन किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ शुक्रबारको बजार भाउ



Spread the love

२८ जेठ, काठमाडाैँ । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । बिहीबार केही गिरावट भएको सुनचाँदीको मूल्यमा शुक्रबार वृद्धि भएको हो ।

शुक्रबार ६०० ले बढेर छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रूपैँया रहेको थियो ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्यमा पनि ६०० रुपैयाँले नै बढेर तोलाको ९४ हजार पुगेको महासंघले जनाएको छ ।

साताको अन्तिम दिन चाँदीको मूल्यमा पनि १५ रूपैँयाको वृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्