Logo

रामबहादुर थापा बादलकी पत्नीलाई पनि मन्त्री बनाइने



Spread the love

२७ जेठ, काठमाडाैँ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी पनि मन्त्री बन्ने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहबाट दुई जनालाई मन्त्री बनाउँदा राम बहादुर थापा पत्नी नैनकला थापाले एउटा मन्त्रालय पाउने भएकी छिन्

नैनकला थापालाई सञ्चारमन्त्री बनाउन लागिएको बताइएको छ । त्यस्तै, पूर्वमाओवादी समूहबाट ज्वाला कुमारी शाह कृषिमन्त्री बन्ने भएकी छिन् ।

बिहीबार जसपाका राजकिशोर यादवसहित गृहमा खगराज अधिकारी, वनमा नारदमुनी राना, सञ्चारमा नैनकला थापा, सामान्य प्रशासनमा गणेश पहाडी, मोहन बानियाँलाई विना विमागीय र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्