Logo

पाँचतले भवन भत्किएर गुडिरहेको बसमा खस्दा ९ जनाको मृत्यु



Spread the love

२७ जेठ, एजेन्सी । दक्षिण कोरियामा पाँचतले भवन बसमाथि खस्दा ९ जनाको मृत्यु भएको छ । भत्काइरहेको भवन गुडिरहेको बसमाथि खस्दा उक्त दुर्घटना भएको अभिकारीहरूले जानकारी दिएका छन् ।

दक्षिण कोरियाको ग्वाज्वु प्रान्तमा भएको उक्त दुर्घटनामा ८ घाइते भएको पनि बताइएको छ ।

कोरियाको नेशनल फायर एजेन्सीका अनुसार १७ जना यात्रुहरू बोकेर हिँडेको बस सडकमा थियो । सोही समयमा भत्काउँदै गरेको भवन बसमाथि खसेको हो ।

भवन कसरी बसमाथि खस्यो भनेर अनुसन्धान सुरू गरिएको कोरियन अधिकारीहरूले जानकारी दिएका छन् । घर भत्काउँदै गर्दा त्यहाँ मजदुरहरूलाई भने घरबाहिर लगिएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा भवन सिधै बसमाथि खसेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्