Logo

मलामी गएका तीन जना युवा शव नजलाउँदै बेपत्ता



Spread the love

२६ जेठ, काठमाडाैँ । मलामी गएका तीन जना युवा खोलाले बगाएर बेपत्ता भएका छन् । धादिङको मैदीमा नदीले बगाएर तीन युवा बेपत्ता भएका हुन् ।

मंगलबार मलामी गएका उनीहरू गर्मी भयो भन्दै बुढीगण्डकीमा नुहाउन पसेका थिए । सोही क्रममा नदीले बगाएर युवाहरू बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नदीले ४ जनालाई बगाएको थियो । तर, एक जना भने खोलाबाट बाहिर निस्किन सफल भएका छन् ।

खोलाले बगाएर बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ मैदी, ठूलो चौरका अन्दाजी २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन् । उनीहरूको खोजी कार्य जारी भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय एक वृद्धको मृत्यु भएपछि उनीहरू मलामी गएका थिए । उनीहरू शव नजलाउँदै नदीमा नुहान पसेका थिए ।

प्रतिक्रिया दिनुहोस्