Logo

उच्च राजनितीक संयन्त्रलाई फेल गर्दै स्थानीयले चुने लक्ष्मि माबिको अध्यक्ष



Spread the love

१० फल्गुण, २०७४- छत्रेश्वरि वडा नं ४ लक्ष्मि मावि ज्यचाैरमा पुर्ण अभिभावक हरुको अाम भेलाबाट नयाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन भएको छ ।

गत फागुन २ गते केही सिमित राजनितीक पहुँच भएका व्यक्तिहरुले अवैधानिक रुपमा गैर स्थानीय व्यक्तिलाई अध्यक्षमा नियुक्त गरेका थिए । विद्यालयमा अध्यक्ष बन्न धेरै योग्य व्यक्ति हुदाहुदै पनि केही उच्च राजनीतिक व्यक्तिहरु सेर अाफु निकट व्यक्ति ज्ञानबहादुर खड्कालाई अध्यक्ष पदमा नियुक्त गरेका थिए ।तर स्थानीयका लागि यो कुनै पनि हालतमा मान्य थिएन । खड्का विद्यालय क्षेत्र अधिकार भन्दा बाहिरका व्यक्ति हुन् ।

प्राचार्य र स्थानीय जनप्रतिनिधिहरुलाई धम्की दिदै यस्तो गलत निर्णय कुनै पनि हालतमा स्विकार्य नहुने भन्दै माअोबादि नेता हिमाल यात्रिले सामाजिक संज्ञालमा विराेध गरेका थिए ।

शिक्षा एेनले विद्यालय व्यवस्थापन समिति अध्यक्ष वन्ने केही मापदण्डहरु तयार गरेको छ तर केही पनि तोकिएको मापदण्डमा नपर्ने व्यक्ति अध्यक्ष वनाएको प्रति स्थानीय व्यक्ति हरुको पनि विरोध रहेको थियो । विद्यालय क्षेत्र भित्र धेरै योग्य, बाैदिक व्यक्तिहरु छन् तर धेरै समय देखि राजनीतिक भागवन्डाको अाधारमा कुरा नमिले पछि पटकपटक बैठक बसेर पनि निश्कर्ष विहिन भएको थियो ।तर फागुन २ गते केही सिमित व्यक्तिहरु वसेर अविभावक नै उपस्थित नवनाई सो गलत निर्णय गरिएको थियो ।

नेकपा माअोवादिले उक्त घटनाको विज्ञप्ति निकालि विरोध गरेको छ ।उक्त विज्ञप्ति मा सर्वदलीय वैठकको नाटक गरि अाफ्ना प्रतिनिधि लाइ नसमेटेको जनाएको छ ।
तर माअोबादिको प्रतिनिधि भएर धुर्व भण्डारि उपस्थित भएका थिए ।उनलाई चुनाव मा पाटिलाई असहयोग गरेको प्रती पाटिले साधारण सदस्य नरहने गरि कार्वाही गरेको थियो ।

एक बर्ष अगाडि रिक्त शिक्षक दरवन्दिमा लिखित परीक्षा गराईएकाे तर राजनितिक सहमति नहुदा माैखिक परीक्षा स्थगित भएकाे थियाे ।झिम्पेमा साना साना बिधालयका निर्णयहरु प्रती जिल्लाका उच्च राजनीतिक व्यक्ति हरुको प्रभावले गर्दा सहमति हुन सकेको छैन ।खडका अध्यक्ष भएकाे समितीले उक्त परिक्षाकाे माैखिक परीक्षा गराउने निर्णय समेत गरेकाे छ भने बिधार्थिका अविभावकहरुकाे अामभेलाले उक्त कार्य तत्काल राेक्न र विधि प्रक्रियवाट गठन गरिएकाे समिती मार्फत उक्त कार्य अगाडी बढाउनुपर्ने भन्दै गाशिस र जिशिकामा उजुरी समेत दियका छन् ।

चाैतर्फि रुपमा विरोध भएपछि विधालयमा अध्ययनरत बिधार्थिहरुका अविभावकहरुकाे अामभेलावाट उक्त समितीलाई खारेज गर्दै चेत वहादुर वलीकाे अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति र टेक वहादुर वलीकाे अध्यक्षतामा ११ सदस्यीय शिक्षक अविभावक सँघ गठन गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्