Logo

कांग्रेस पनि गयो सत्तामा, २ जना मन्त्रीले लिए सपथ



Spread the love

२३ जेठ, काठमाडाैँ । कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नयाँ दुई मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

कर्णाली प्रदेशमा नेपाली काँग्रेसबाट सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बुढा क्षेत्री र उर्जा जलस्रोत मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठ नियुक्त भएका छन् । काँग्रेस संसदीय दलले शुक्रबार २ जनाको नाम सिफारिस गरेको थियो ।

२०७४ को निर्वाचनपछि काँग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग सत्ता साझेदारी गरेको हो । २ जना मन्त्री थपिएसँगै कर्णाली प्रदेशमा जम्मा मन्त्रीको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्