Logo

बोरिङ गर्दा काठमाडाैँमा निस्कियो ग्यास



Spread the love

२२ जेठ, काठमाडाैँ । काठमाडाैँमा बोरिङ गर्दा ग्यासजन्य पदार्थ भेटिएको छ । शनिबार काठमाडाैँको काँडाघारीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यासजन्य पदार्थ भेटिएको हो ।

स्थानीयका अनुसार काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो ग्यास निस्किएको हो ।

ग्यासको गन्ध आएपछि लाइटरले सल्काउँदा आगो बलेको थियो । अहिले त्यहाँ बोरिङको काम रोकिएको छ ।

यस विषयमा वैज्ञानिक जाँचका लागि प्रहरीले खानी तथा भूगर्भ विभागसँग समन्वय गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्