Logo

लकडाउनका कारण याैनकर्मी बने अभिनेत्री, प्रहरीद्वारा २ जना अभिनेत्री पक्राउ



Spread the love

२० जेठ, एजेन्सी । भारतमा प्रहरीले २ जना अभिनेत्रीलाई पक्राउ गरेको छ । याैनकर्ममा लागेका कारण प्रहरीले २ जना अभिनेत्रीलाई थानेको पाँचपाखडी शहरबाट पक्राउ गरेको हो ।

प्रहरीले बुधबार २ जना अभिनेत्री, २ जना महिला एजेन्ट र एक जना पुरूष दलाललाई पाँचपाखडी शहरको आवासीय भवनबाट पक्राउ गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । उक्त मिडियामा उल्लेख भए अनुसार पक्राउ पर्नेमा एक जना साउथ फिल्मकी अभिनेत्री समेत रहेकी छिन् ।

पक्राउ पर्नेमा विशाल उत्तमचन्द जैन, हसिना खालिद मेनन, शैलेश नगर, मुम्ब्रा र घर मालिक स्विटी चन्दा रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार २ जना अभिनेत्रीका लागि ग्राहकले ३ लाख ६० हजार दिएको पनि खुलेको छ । उनीहरू लकडाउनको मारमा परेको अवस्थामा दलालले मोटो रकम दिएर यो कार्य गर्न ल्याएको खुलेको छ ।

थानेको क्राइम ब्रान्चले यस घटनाबारे नाैपडा पुलिस स्टेशनमा उजुरी दर्ता गराएको छ भने थप अनुसन्धान जारी रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्