Logo

दरबार हत्याकाण्डको २० वर्ष, अझै खुल्न सकेन घटनाको रहस्य, को होला दोषी ?



Spread the love

१९ जेठ, काठमाडाैँ । राजदरबार हत्याकाण्ड भएको २० वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाएका थिए । उक्त घटना अझै रहस्यमय नै छ ।

दरबार हत्याकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य राज्यलक्ष्मी, छोरा युवराज दीपेन्द्र, छोरा राजकुमार निराजन र छोरी राजकुमारी श्रुति मारिएका थिए ।

तत्कालिन समयमा राजा वीरेन्द्र लोकप्रीय राजा थिए । वीरेन्द्रको निधन भएपछि अस्पतालमा अचेतावस्थामै रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । २२ गते दीपेन्द्रको पनि मृत्यु भएपछि वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्रले राजाको जिम्मेवारी पाएका थिए ।

उच्च सैन्य घेराभित्र रहेको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको रहस्य अहिलेसम्म खुल्न सकेको छैन ।

तत्कालीन सभामुख तारानाथ रानाभाट तथा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय सम्मिलित उच्चस्तरीय छानबिन समितिले सो घटनाको दोषी दीपेन्द्रलाई देखाई प्रतिवेदन सार्वजनिक गरेको थियो ।

अहिले नारायणहीटि दरबारलाई संग्रहालयको रूपमा परिणत गरिएको छ भने राजाले लगाउने गरेको श्रीपेचका साथै सुनकाे राजदण्ड समेत सर्वसाधारणले हेर्न पाउने गरी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्