Logo

मासिक ९९९ रूपैँयामा १२० एमबिपिएसको इन्टरनेट चलाउन पाइने



Spread the love

१८ जेठ, काठमाडाैँ । चाैधरी ग्रुपले नेपालमै सबैभन्दा सस्तो दरको इन्टरनेट सुविधा दिने घोषणा गरेको छ । मंगलबार चाैधरी ग्रुपले ‘सिजि नेट’ को घोषणा गरेको हो ।

चाैधरी ग्रुपका अनुसार ग्राहकहरूले प्रति महिना ९९९ रूपैँयामै १२० एमबिपिएसको अनलिमिटेड इन्टरनेट चलाउने पाउनेछन् ।

पहिलो चरणमा काठमाडाैँ उपत्यकमा मात्रै सिजनेटको सेवा दिने जानकारी दिँदै केही समयमै देशभर यो सेवा बिस्तार गर्ने चाैधरी ग्रुपले जानकारी दिएको छ ।

चाैधरी ग्रुपले डिजिटल नेपाल निर्माणका लागि सहयोग गर्न सुलभ दरमा इन्टरनेट सेवा प्रदान गर्न लागेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्