Logo

सुदूरपश्चिममा मन्त्रीमण्डल पुनर्गठन, कस-कसले पाए मन्त्रीको पद ?



Spread the love

१४ जेठ, काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

मुख्यमन्त्री भट्टले नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपाल पक्षका प्रकाशबहादुर शाहलाई आर्थिक मामिला तथा योजना मन्त्री, दीर्घ सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्री, पूर्णा जोशीलाई सामाजिक विकासमन्त्री बनाएका छन् ।

नेपाल पक्षकै चुनकुमारी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराज राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट मानबहादुर धामी उद्योग, वन वातावरण तथा पर्यटनमन्त्री नियुक्त भएका छन् भने माओवादी केन्द्रकै मानबहादुर सुनार राज्यमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्