Logo

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट, ज्यान जोगाउन डाक्टर र नर्सले २ तलाबाट हामफाले



Spread the love

१४ जेठ, बाँके । कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई लखेट्दै कुटपिट गर्नखोज्दा ज्यान जोगाउन ४ जना नर्स अस्पतालको २ तलामाथिबाट हाम फालेका छन् ।

दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरुले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि अस्पतालमा भागाभाग भएको छ ।


उनले भने, ‘स्थिति डरलाग्दो छ, बिरामीको मृत्युको विषयलाई लिएर आफन्त र भिजिटरहरुले स्वास्थ्यकर्मीहरुलाई लखेटे, घाँटी थिच्न थाले ज्यान जोगाउन एक डाक्टर र ३ जना नस अस्पतालको भवनबाट हाम फाले, यहाँ अहिले सुरक्षाकर्मीहरु हुनुन्छ । हामी सबै आत्तिएका छौ ।’

उनले अस्पतालको हालको अवस्थाले उपचारत १७५ जना बिरामीको ज्यानसमेत जोखिममा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्