Logo

तेल लिन भारत जाँदै गरेको आयल निगमको ट्यांकरमा भेटियो २१८ किलो गाँजा



Spread the love

१३ जेठ, काठमाडाैँ । भारत जाँदै गरेको नेपाल आयल निगमको ट्यांकरबाट २१८ किलो गाँजा बरामद भएको छ । प्रहरीले बुधबार दिउँसो जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजा सहित चालक र सहचालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ट्याङ्करका चालक महोत्तरी बर्दिवास नगरपालिका-८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवन खैरहनी नगरपालिका-२ बस्ने राजकुमार दवाडी रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट भारतको बरौलीमा तेल लिन जान लागेको उक्त ट्याङ्करमा अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्याङकरको च्याम्बरभित्र १९ पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्