Logo

मिया खलिफाको टिकटक अकाउन्ट बन्द भएपछि युवाहरू सरकारप्रति आक्रोशित



Spread the love

११ एजेन्सी । पाकिस्तान सरकारले चर्चित पोर्नस्टार मिया खालिफाको टिकटक अकाउन्टमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानको टेलिकम्युनिकेशन आथोरिटी (पीटीए)ले सोसल मिडियामा कन्टेन्टलाई सेन्सर गर्ने नयाँ प्रावधान जारी गर्दै खालिफाको टिकटक अकाउन्टमा प्रतिबन्ध लगाएको हो ।

पाकिस्तानी सरकारले उनको अकाउन्ट बन्द गर्नुपर्ने अरू कारणहरू भने खुलाएको छैन । पाकिस्तानमा मिया खलिफाको कन्टेन्ट ब्यान भएपछि पाकिस्तानी फ्यानहरूले पीटीएको चर्को आलोचना गरिरहेका छन् ।

त्यस्तै, खालिफाले पनि टिकटक बन्द गरेता पनि पाकिस्तानी आफ्ना फ्यानहरूका लागि ट्वीटरमार्फत कन्टेन्ट पोस्ट गर्ने बताएकी छिन् ।

पाकिस्तानका हजाराैँ फ्यानहरू पीटीएको आलोचना गर्दै मिया खालिफाको पक्षमा उभिएका छन् । अहिले ट्वीटरमा खालिफाको समर्थनमा ट्वीटरहरू गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्