Logo

लकडाउनले बिहे गर्न समस्या भएपछि एक जोडीले प्लेनमै गरे बिहे



Spread the love

११ जेठ, एजेन्सी । भारतमा एक जोडीले उडीरहेको प्लेनमा विवाह गरेका छन् । कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धबाट उम्किन भारतको मदुाराइका राकेश र दक्षिणाले उडीरहेको प्लेनमा नै विवाह गरेका हुन् ।

उनीहरूले विवाहका लागि एउटा प्लेन नै भाडामा लिएका थिए । १६१ जना इष्टमित्रको उपस्थितिमा उनीहरूले विवाह सम्पन्न गरे ।

गत मे २३ तारिखमा मदुराइको एउटा ट्राभल एजेन्सीले स्पाइसजेटको बोइङ ७३७ प्लेन चार्टर गरेको थियो । प्लेन चार्टर गरेपछि भाडामा दिने बेलामा ट्राभल एजेन्सीले फ्लाइटमा कुनै प्रकारका कार्यक्रमहरू नगर्न भनेको थियो । तर, ती जोडीले विवाह नै सम्मपन्न गरे।

सामाजिक सञ्जालमा फोटो तथा भिडियो भाइरल भएपछि उक्त प्लेन, ट्राभल एजेन्सी र विवाह गर्नेसँग लिखित तथा माैखिक स्पष्टिकरण सोधेर सुरक्षा निकायले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्